मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै, मन्त्रीहरूले दिनेछन् जवाफ

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर हुनेछ। कानुनमन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछिन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:
१२५

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकको कार्यसूचीमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर समावेश छन्।

संघीय संसद् सचिवालयका अनुसार, सम्बन्धित मन्त्रीहरूले यी प्रश्नहरूको जवाफ दिनेछन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकहरू पनि बस्दैछन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

थप समाचार