NM Khabar 11 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पर्साबाट स्रोत नखुलेको ५२ लाख नगद सहित ४ जना पक्राउ

प्रहरीले पर्साको वीरगन्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू भारत र बारा, पर्साका नागरिक हुन्। उनीहरू दुईवटा मोटरसाइकलमा सवार थिए र बरामद रकम ५ सय र १ हजारका नोटमा छन्।
Kamala Devi
Kamala Devi
11 August 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
पर्साबाट नगद सहित पक्राउ
Share:

वीरगन्जको आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित चार जना पक्राउ परेका छन्। सोमबार साँझ दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका सुरज कर्ण, बाराका उपेन्द्र साह, सागरकुमार सर्राफ र पर्साका राहुलकुमार गुप्ता छन्। प्रहरीका अनुसार कर्णको साथबाट १ लाख, साहको साथबाट १८ लाख १६ हजार, सर्राफको साथबाट १८ लाख ३४ हजार र गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ।

बरामद रकम ५ सय र १ हजारका नोटमा छन्। उनीहरू प्रदेश २-०३-००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना. ५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकलमा सवार थिए। यस सम्बन्धमा पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार