पोखराको सेदीबाट अनलाइन सट्टेबाजी खेलाउने गिरोहका ८ जना पक्राउ परेका छन्। उनीहरूले दैनिक ६ लाखभन्दा बढीको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जीवन श्रेष्ठको घरमा छापा मार्दा प्रहरीले दिनेश सिंह बोहोरा र सत्यम सिंहलाई मुख्य योजनाकारका रूपमा फेला पारेको छ। बोहोरा दार्चुलाका हुन् भने सिंह भारतका नागरिक हुन्।
अन्य पक्राउ पर्नेमा हर्ष उसरेटे, विशाल चाउ, जमान सिंह तमार, विक्रान सिंह र एक २६ वर्षीय व्यक्ति छन्। उनीहरूले सफ्टवेयर कम्पनी सञ्चालन गर्ने भन्दै कोठा भाडामा लिएर अनलाइन बेटिङको कारोबार चलाइरहेका थिए।
प्रहरीले उनीहरूको साथबाट सट्टेबाजीमा प्रयोग हुने कम्प्युटर र मोबाइललगायतका सामग्री बरामद गरेको छ। प्रविधिको दुरुपयोग गरी हुने यस्ता अवैध कारोबारमाथि थप अनुसन्धान भइरहेको छ।
