मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

प्रधानमन्त्रीले संसदमा खुलाए विद्युत् कर र भिजिट भिसा दुरुपयोगको रहस्य

प्रधानमन्त्रीले विद्युत् प्रणालीको क्षमता अभिवृद्धि गर्न ५० युनिटभन्दा बढी खपत गर्नेलाई ५% भ्याट लगाइएको स्पष्ट पारेका छन्। उठेको रकम देशभरका ट्रान्सफर्मर, प्रशारणलाइन र सबस्टेसन सुधारमा प्रयोग गरिनेछ। भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिइएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
१८२

प्रधानमन्त्रीले संसदमा खुलाए विद्युत् कर र भिजिट भिसा दुरुपयोगको रहस्य

काठमाडौं । प्रधानमन्त्रीले विद्युत् प्रणालीको क्षमता अभिवृद्धि गर्न ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको स्पष्ट पारेका छन्। उनले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी पनि गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘तुरुन्तै विद्युतीय युगमा जान सकिने अवस्था छैन। देशका हरेक भान्छामा बिजुलीबाट खाना बनाउने हो भने, सबै ट्रान्सफर्मर र सवस्टेसनको क्षमताले धान्दैन।’

विज्ञापन

उनले थपे, ‘क्षमता विकासका लागि पैसा चाहिने र त्यसकै लागि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई पाँच प्रतिशत भ्याट लगाइएको हो। उठेको रकम देशभरका ट्रान्सर्फर, प्रशारणलाइन र सबस्टेसनको सुधारमा प्रयोग गरिनेछ।’

त्यसैगरी, ‘भिजिट भिसा’मा गएर काम गर्ने अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता छ। विदेशमै बसेर भिसा कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको प्रधानमन्त्रीले अवगत गराए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार