मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सम्पत्ति जाँचबुझ आयोगका काममा सर्वोच्चको अन्तरिम आदेश, छानबिन रोकियो

सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका काम कारबाहीमा तत्काल रोक लगाउने अन्तरिम आदेश जारी गरेको छ। यस आदेशसँगै आयोगले कसैको पनि सम्पत्ति छानबिन र विवरण माग्न पाउने छैन। पूर्व न्यायाधीश फोरम र अधिवक्ताले दायर गरेको रिटमा सर्वोच्चको एकल इजलासले यो आदेश दिएको हो।
Laxmi Bhattarai
१ मिनेट पढाइ
आकार:
सम्पत्ति जाँचबुझ आयोग
Share:

सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका काम कारबाहीमा तत्काल रोक लगाउने अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै काम रोक्न आदेश दिएको हो।

यो आदेशसँगै सम्पत्ति जाँचबुझ आयोगले कसैको पनि सम्पत्ति छानबिन र विवरण माग्न पाउने छैन। यसअघि आयोगले सर्वोच्चको अन्तरिम आदेशपछि पूर्वन्यायाधीश, सेना र अख्तियारबाहेक अरूको सम्पत्ति छानबिन जारी राख्ने सूचना प्रकाशित गरेको थियो।

तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राख्दै पूर्व न्यायाधीश फोरम नेपालका अध्यक्ष एवं सेवानिवृत्त न्यायाधीश टोप बहादुर सिंह ठकुरी र अधिवक्ता मणिराम उपाध्यायले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्कालका लागि सबै कामकारबाही रोक्न आदेश दिएको हो। आदेशको पूर्ण पाठ आउन बाँकी छ। आयोगले सर्वोच्चको पूर्ण इजलासबाट अर्को आदेश नआएसम्म सम्पत्ति छानबिन गर्न पाउने छैन।

पूर्वन्यायाधीश फोरमले सबैको सम्पत्ति छानविन रोक्न रिट दायर गरेको थियो। यसअघि पनि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति जाँचबुझ रोक्न आदेश दिएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार