राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको छठ पर्वको अवसरमा हुने जनकपुर भ्रमणको तयारीका लागि धनुषाको विदेह नगरपालिकामा मंगलबार बैठक सम्पन्न भएको छ। यस बैठकले छठका बेला जनकपुरमा हुने कार्यक्रमको व्यवस्थापनमा स्थानीय स्तरमा सहयोग गर्ने निर्णय गरेको छ।
धनुषा क्षेत्र नं. २ का सांसद राम विनोद यादवको उपस्थितिमा भएको बैठकमा विदेह नगरपालिका–३ का रास्वपा वडा सभापति संजीव कुमार झासहित क्षेत्रका सयौँ सदस्य सहभागी थिए। बैठकमा लामिछानेको भ्रमणको तयारी र छठका बेला जनकपुरका घाटमा जुट्ने हजारौँ श्रद्धालुहरूको स्वागत तथा व्यवस्थापनबारे छलफल भएको थियो।
छठ पर्वमा जनकपुर र आसपासका घाटमा ठूलो संख्यामा व्रतालु तथा श्रद्धालुहरू भेला हुने भएकाले घाटको सरसफाइ, बाटोको सुरक्षा र भीड व्यवस्थापनमा स्थानीयस्तरमै सहयोग गर्ने प्रतिबद्धता सहभागी सदस्यहरूले जनाएका छन्। यस वर्ष छठ पर्व कार्तिक २९ गते (नोभेम्बर १५) मा पर्दैछ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाह पनि छठ पर्व अवलोकन गर्न जनकपुर आउने तयारी रहेको एनएमखबरले जनाएको थियो।