NM Khabar 15 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिबन्धित भेपसहित ४ जना पक्राउ, २७७० थान बरामद

काठमाडौं उपत्यकाबाट प्रतिबन्धित विद्युतीय चुरोट (भेप) सहित चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २,७७० थान भेप बरामद गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय पठाइएको छ।
Rohan Tamang
Rohan Tamang
15 September 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
प्रतिबन्धित भेप बरामद
Share:

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रतिबन्धित विद्युतीय चुरोट (भेप) सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। भेप भण्डारण र बिक्री वितरण भइरहेको सूचनामा प्रहरीले छापा मारेको थियो।

उनीहरूको साथबाट २,७७० थान भेप बरामद भएको छ। पक्राउ पर्नेमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौंका शुभम गुप्ता, राजन मोक्तान र काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठ छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरू प्रतिबन्धित भेपको कारोबारमा संलग्न थिए। विशेष सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रहरीले काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीस्थित ‘रेसा कलेक्सन’ गोदाम र महाबौद्धस्थित आरएचएस इन्टरनेसनलमा छापा मारेको थियो।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पूर्णलाल श्रेष्ठको गोदामबाट २,६७० थान भेप बरामद भएको बताए। आरएचएस इन्टरनेसनलबाट थप १०० थान भेप बरामद भएको छ।

पक्राउ परेका चारै जना र बरामद सामग्रीलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार