सुनसरी । सप्तकोशी ब्यारेजमा जल सतह पछिल्लो समयकै उच्च विन्दुमा पुगेको छ। कोशी परियोजनाका अनुसार बेलुकी ६ः१५ बजे सप्तकोशीमा एक लाख ७१ हजार ७१५ क्युसेक पानी मापन भएको छ। जल सतह बढेसँगै ब्यारेजका २१ वटा ढोका खोलिएका छन्। पानीको बहाव बढेपछि ब्यारेजबाट आवतजावत गर्ने भारी सवारीसाधनलाई पालैपालो सञ्चालन गर्न दिइएको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ। विभिन्न पहाडी जिल्लाबाट सप्तकोशीमा मिसिने नदी तथा खोलाहरूमा बहाव बढेका कारण कोशीको जल सतह उच्च भएको कोशी परियोजनाले जनाएको छ। जल सतह थप बढ्न सक्ने भएकाले सम्बन्धित निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
सप्तकोशीमा जल सतह उच्च, ब्यारेजका २१ ढोका खोलिए
सप्तकोशी ब्यारेजमा हालसम्मकै उच्च जल सतह मापन गरिएको छ। पानीको बहाव बढेपछि ब्यारेजका २१ ढोका खोलिएका छन्। नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
विज्ञापन
Nmkhabar डेस्क
संवाददाता · Nmkhabar
Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।