मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

• व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको छ। • यसअघि जिल्ला अदालत काठमाडौंले पनि बीमा र धितोपत्रसम्बन्धी कसुरमा १ करोड धरौटी मागेको थियो। • मुद्दामा गोल्छासहित ३४ जना व्यक्ति र ५ कम्पनी प्रतिवादी छन्, जसमा ५२ करोड ५० लाख बिगो दाबी गरिएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
शेखर गोल्छा धरौटी
Share:
१६४

सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई विशेष अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासमा बयान र थुनछेक बहस सकिएपछि धरौटी माग गर्ने आदेश आएको हो।

यसअघि जिल्ला अदालत काठमाडौंले पनि गोल्छासँग बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी मागेको थियो।

गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, शुलभ अग्रवालसहित ३४ जना व्यक्ति र ५ वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको यस मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा र अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १ सय २४ रुपैयाँ ३१ पैसा बराबरको बिगो दाबी गरिएको छ। गोल्छा अदालतले मागेको धरौटी रकम बुझाएर तारेखमा बस्ने तयारीमा छन्।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार