मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

ट्राफिक कारबाहीबाट २४ घण्टामा २७ लाख राजस्व संकलन

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २,०९३ जनाबाट २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। मादकपदार्थ सेवन, तीव्र गति, लेन अनुशासन उल्लंघन लगायतका कारणले कारबाहीमा परेका छन्।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
ट्राफिक राजस्व संकलन
Share:
२२२

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले २४ घण्टामा २ हजार ९३ सवारी चालकबाट २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको छ। यसबाट राज्यकोषमा उक्त रकम दाखिला भएको छ।

ट्राफिक प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने १४१ र तीव्र गतिमा सवारीसाधन चलाएका १०१ जना कारबाहीमा परेका छन्।

यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा विपरीत दिशामा सवारी चलाउने १२९ जनालाई कारबाही गरिएको छ। अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार ९८२ जनालाई पनि कारबाही गरिएको छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

थप समाचार