काठमाडौं उपत्यका ट्राफिक प्रहरीले २४ घण्टामा २ हजार ९३ सवारी चालकबाट २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको छ। यसबाट राज्यकोषमा उक्त रकम दाखिला भएको छ।
ट्राफिक प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने १४१ र तीव्र गतिमा सवारीसाधन चलाएका १०१ जना कारबाहीमा परेका छन्।
यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा विपरीत दिशामा सवारी चलाउने १२९ जनालाई कारबाही गरिएको छ। अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार ९८२ जनालाई पनि कारबाही गरिएको छ।
