मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

ऊर्जा मन्त्रालय र प्राधिकरणद्वारा अनियमितता अध्ययन गर्न दुई समिति गठन

ऊर्जा मन्त्रालयले ट्रान्सफर्मर खरिद र गुणस्तरबारे अध्ययन गर्न सीडीई राजु महर्जनको नेतृत्वमा समिति गठन गरेको छ। प्राधिकरण सञ्चालक समितिले भूमिगत तार व्यवस्थापन र गुनासा अध्ययन गर्न सदस्य शम्भु केसीको नेतृत्वमा समिति बनाएको छ। दुवै समिति प्राधिकरणको गुणस्तर र सेवा प्रवाह सुधारमा केन्द्रित हुनेछन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
विद्युत् प्राधिकरण अनियमितता
Share:
१६२

ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर खरिद र भूमिगत तार व्यवस्थापनमा भएका अनियमितताका उजुरीमाथि अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेका छन्। मन्त्रालयले सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राजु महर्जनको नेतृत्वमा ट्रान्सफर्मर खरिद प्रक्रिया र गुणस्तरबारे अध्ययन गर्न समिति बनाएको हो। प्राधिकरण सञ्चालक समितिले सदस्य शम्भु केसीको नेतृत्वमा भूमिगत तार व्यवस्थापन र त्यसक्रममा आएका गुनासा अध्ययन गर्न अर्को समिति गठन गरेको छ।

प्राधिकरणमा प्राप्त भएका करिब १५ सय उजुरीमध्ये ठूलो संख्यामा ट्रान्सफर्मरको गुणस्तर र भूमिगत तार व्यवस्थापनका विषयमा गुनासो आएपछि अध्ययनका लागि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सीडीई महर्जन नेतृत्वको समितिले विभिन्न स्थानमा भइरहेको भोल्टेज प्रवाहको समस्या, बारम्बार विद्युत् आपूर्ति रोकिने (ट्रिपिङ) समस्या र ट्रान्सफर्मरहरूको गुणस्तरबारे अध्ययन गर्नेछ।

यस्तै, सदस्य केसीको नेतृत्वमा गठित समितिले काठमाडौं उपत्यकाका केही शहरी क्षेत्रमा विद्युत् प्राधिकरणले थालेको भूमिगत तार व्यवस्थापनको काममा गुणस्तरीयता नभएको र जोखिम बढेको भन्दै गुनासो सुन्ने हटलाइनमा बारम्बार उजुरी आएपछि त्यसलाई सम्बोधन गर्न अध्ययन गर्ने कार्यादेश पाएको छ। प्राधिकरणले ग्राहक तथा सेवाग्राहीको गुनासो सुन्न ११५१ हटलाइन सेवा सुरु गरेको थियो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार