NM Khabar 21 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

म्याग्नेसियम ग्लाइसिनेटयुक्त पूरक खाद्य पदार्थ अवैध, बिक्री गरे कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 'म्याग्नेसियम ग्लाइसिनेट' युक्त पूरक खाद्य पदार्थ बिक्री-वितरणमा रोक लगाएको छ। दर्ता नगरी बिक्री गरेमा कारबाही हुने चेतावनी दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
21 May 2026, 2:32 pm १ मिनेट पढाइ
आकार:
Share:

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘म्याग्नेसियम ग्लाइसिनेट’ युक्त कुनै पनि आहारपूरक खाद्य पदार्थको बिक्री–वितरणमा रोक लगाएको छ। विभागले यस्ता उत्पादन दर्ता नगरी बिक्री गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले सामाजिक सञ्जालमा ‘म्याग्नेसियम ग्लाइसिनेट’ बारे भ्रमपूर्ण विज्ञापन आइरहेको जनाएको छ। ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ र ‘आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२’ अनुसार स्वास्थ्यसम्बन्धी पूरक उत्पादन बिक्रीअघि विभागमा दर्ता अनिवार्य छ।

विभागका अनुसार ‘म्याग्नेसियम ग्लाइसिनेट’ मोलिक्युल भएका कुनै पनि उत्पादनलाई आहारपूरक खाद्य पदार्थका रूपमा दर्ता वा बिक्री–वितरणको अनुमति दिइएको छैन। दर्ता नभएका उत्पादन बिक्री गरेको पाइएमा ऐनअनुसार कारबाही हुनेछ।

विभागले उपभोक्तालाई अनुमति नपाएका र प्रमाणित नभएका पूरक खाद्य पदार्थ प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार