NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संघीय निजामती विधेयकको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृत, कानुन मन्त्रालयमा पुग्यो

संघीय निजामती सेवा विधेयकको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृत भई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशका लागि महिलाको अधिकतम उमेर सीमा ३५ र पुरुषको ३२ वर्ष प्रस्ताव गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 May 2026, 10:03 am १ मिनेट पढाइ
आकार:
Share:

संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अर्थ मन्त्रालयबाट स्वीकृत भई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदालाई अर्थले स्वीकृति दिएर फिर्ता पठाएको हो।

संघीय मामिला मन्त्रालयका सहसचिव एकदेव अधिकारीले अर्थ मन्त्रालयले गत बुधबार विधेयक फिर्ता गरेको जानकारी दिए। अब यो मस्यौदा कानुन मन्त्रालयमा पठाइनेछ।

कानुन मन्त्रालयबाट स्वीकृति पाएपछि मस्यौदा मन्त्रिपरिषद्मा लगिनेछ। मन्त्रिपरिषद्ले संसद्मा पेस गर्न स्वीकृति दिएमा विधेयक संसद्मा प्रस्तुत हुनेछ।

प्रस्तावित विधेयकले निजामती सेवामा प्रवेशका लागि महिलाको अधिकतम उमेर सीमा ३५ वर्ष र पुरुषको ३२ वर्ष प्रस्ताव गरेको छ। अवकाशको उमेर भने ६० वर्ष कायम रहनेछ।

यसका साथै, निजामती सेवाबाट राजीनामा वा अवकाश लिएको निश्चित अवधिभर संवैधानिक वा राजनीतिक नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ अफ पिरियड’ को प्रावधान पनि समावेश गरिएको छ।

यसअघि सरकारले अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइसकेको थियो। सोहीअनुसार, प्रस्तावित विधेयकको मस्यौदामा पनि कर्मचारी ट्रेड युनियनको व्यवस्था राखिएको छैन।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार