NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

दक्षिण-पूर्व एसियाका स्क्याम सेन्टरबाट ६८७ नेपालीको उद्धार

दक्षिण-पूर्वी एसियाका अनलाइन स्क्याम सेन्टरमा फसेका ६८७ नेपालीको उद्धार गरिएको छ। कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट उनीहरूको उद्धार गरिएको हो। थप नेपाली फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी छ।
Arjun Basnet
Arjun Basnet
22 May 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
नेपालीको उद्धार
Share:

दक्षिण-पूर्वी एसियाका अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका ६८७ नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्ड सीमा क्षेत्रबाट उनीहरूको उद्धार जारी रहेको जनाएको छ।

प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगको पहलमा ६ सय १६ जनाको उद्धार भएको थियो। पछिल्लो दुई सातामा थप ७१ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५६२, म्यानमारबाट १११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ नेपालीलाई स्वदेश फर्काइएको छ।

प्रवक्ता क्षेत्रीले उक्त क्षेत्रमा अझै धेरै नेपाली फसेको हुन सक्ने अनुमान गरे। नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारले १२ नेपालीको जरिबाना मिनाहा गरेको छ। थप १७२ को जरिबाना मिनाहाका लागि अनुरोध गरिएको छ।

संगठित अपराध र मानव तस्करीमा थुनामा रहेका नेपालीको रिहाइ तथा उद्धारका लागि बैंककस्थित दूतावासले पहल गरिरहेको छ। म्यानमारमा थुनामा रहेका १८ नेपालीको कैद मिनाहाका लागि पनि पहल जारी छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार