NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जीतपुरसिमरामा हावाहुरीले ४५ घर भत्कियो, सडक र बिजुली अवरुद्ध

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शनिबार राति आएको हावाहुरीले ४५ घरमा पूर्ण क्षति पुर्‍याएको छ। हावाहुरीले रुख ढलेर सडक र बिजुली सेवा अवरुद्ध भएको थियो। नगरप्रमुख राजन पौडेलले हावाहुरीको शक्ति टोर्नाडोजस्तै रहेको बताए।
Kamala Devi
Kamala Devi
24 May 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
Share:

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शनिबार राति आएको हावाहुरीले ४५ घरमा पूर्ण तथा अन्य केही घरमा आंशिक क्षति पुर्‍याएको छ। उपमहानगरपालिकाका प्रमुख राजन पौडेल र उपप्रमुख भोला अधिकारीसहितको टोलीले स्थलगत अवलोकनपछि क्षतिको विवरण सार्वजनिक गरेको हो।

अमलेखगञ्ज–चकरी खण्डमा रुख ढलेपछि सवारी आवागमन ठप्प भएको थियो। उपमहानगरको नगर प्रहरीले रुख हटाएर आइतबार सडक सुचारु गरेको छ। जीतपुरसिमरा र निजगढ नगरपालिकालाई जोड्ने चकरी–डम्बरपुर सडकखण्डमा रुख ढलेकाले सडक र विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो।

नगरप्रमुख पौडेलले केही रुखहरू जरैदेखि ढलेको र हावाहुरीको शक्ति केही वर्षअघि आएको टोर्नाडोजस्तै रहेको बताए। ‘कतिपय रुख जरैदेखि ढलेको छ, हावाहुरी अत्यन्तै शक्तिशाली टोर्नाडो जस्तो देखियो,’ पौडेलले सञ्चारकर्मीहरूसँग भने।

उपमहानगरपालिकाले क्षतिको विवरण संकलन गरिरहेको छ। डिभिजन वन कार्यालय बाराले पनि हावाहुरीले ठूलो संख्यामा रुख ढलाएको पुष्टि गरेको छ। बारा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद रहबर अन्सारीले प्रभावित क्षेत्रको अवलोकन गरी स्थानीय र प्रदेश सरकारमार्फत तत्काल राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार