NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्रिपरिषद्ले तोक्यो बर्खे धानको समर्थन मूल्य: मोटा ३६६०, मध्यम ३८६० रुपैयाँ

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। मन्त्रिपरिषद् बैठकले मोटा धान प्रतिक्विन्टल ३,६६० रुपैयाँ र मध्यम धानको ३,८६० रुपैयाँ मूल्य कायम गरेको छ। बैठकले चिलिमे-केरुङ विद्युत प्रसारण लाइन, सहकारी आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्ति लगायतका निर्णय पनि गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
25 May 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
Share:

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धान प्रतिक्विन्टल ३,६६० रुपैयाँ र मध्यम धानको ३,८६० रुपैयाँ मूल्य कायम गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न यो निर्णय गरिएको हो।

मन्त्रिपरिषद् बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ।

त्यस्तै, सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि सरकारले गरेको छ।

बैठकले मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार