NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सह-चालकको मृत्यु, चालक नियन्त्रणमा

उदयपुरको कटारीमा गुडिरहेको स्कुल बसबाट खसेर सह-चालकको मृत्यु भएको छ। अन्दाजी ३१ वर्षीय उत्तम थापाको उपचारका क्रममा ज्यान गएको हो। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।
Rohan Tamang
Rohan Tamang
26 May 2026, 9:33 am १ मिनेट पढाइ
आकार:
Share:

उदयपुरको कटारी नगरपालिकामा सोमबार बिहान गुडिरहेको स्कुल बसबाट खसेर सह-चालकको मृत्यु भएको छ। सौगात एकेडेमीको बस विद्यार्थी लिन जाँदै गर्दा यो घटना भएको हो।

कटारी नगरपालिका-२ गिद्वबरस्थित सडकखण्डमा लु.प्र.०१–००१ ख ०९८५ नम्बरको बसबाट अन्दाजी ३१ वर्षीय उत्तम थापा अचानक खसेका थिए। उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो।

घाइते थापालाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो। बिहान ९:५५ बजे चिकित्सकले उनको मृत्यु घोषणा गरेका थिए।

घटनापछि प्रहरीले बस र चालक ४८ वर्षीय छत्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार