NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा बैठक: निर्वाचन र मतदाता नामावली विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको छ। बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने मुख्य कार्यसूची छ। पर्यटन विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि पनि छलफल हुनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 May 2026, 12:02 pm १ मिनेट पढाइ
आकार:
Share:

संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिलो गरी सुरु भएको छ। सांसदहरूले आकस्मिक समयमा आ-आफ्नो भनाइ राखिरहेका छन्।

बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्नेछ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले यी दुई विधेयक पारित हुने जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस्’ प्रस्ताव प्रस्तुत गर्नेछन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ प्रस्ताव प्रस्तुत गर्नेछिन्।

मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्। यसपछि यी विधेयकहरू पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार