NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिन्धुली हिरासत मृत्यु प्रकरण: १० प्रहरीलाई कारबाही सिफारिस

सिन्धुलीको खुर्कोट हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरणमा १० प्रहरीलाई कारबाही सिफारिस गरिएको छ। प्रहरी उपरीक्षकदेखि जवानसम्मलाई कारबाहीको दायरामा ल्याउन प्रतिवेदनमा उल्लेख छ। हिरासत सुरक्षा र निगरानीमा कडाइ गर्न सुझाव दिइएको छ।
Sanjay Karki
Sanjay Karki
26 May 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
Share:

सिन्धुलीको खुर्कोट हिरासतमा थुनुवा २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरी उपरीक्षकसहित १० जनालाई कारबाही सिफारिस भएको छ। प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेको हो।

समितिले एक जनालाई सचेत, दुईलाई ध्यानाकर्षण, पाँचलाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एकलाई नसिहत र एकको ग्रेड घटुवा गर्न सिफारिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकता दिन, हिरासत व्यवस्थापन कार्य निर्देशन २०८१ कार्यान्वयन गर्न र ड्युटीमा रहेका प्रहरीले नियमित निगरानी सुनिश्चित गर्न समितिले सुझाव दिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार