NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

दादुरा प्रकोप: भेरी नगरपालिकाका विद्यालय ५ दिन बन्द

जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप फैलिएको छ। संक्रमण पुष्टि भएसँगै वडा नं. ११ का विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ। खोप अभियान नसकिएसम्म विद्यालय बन्द रहनेछ।
Kamala Devi
Kamala Devi
2 June 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
Share:

जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप फैलिएको छ। यस प्रकोपका कारण सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ।

भेरी नगरपालिका–११ स्थित शिवशङ्कर माध्यमिक विद्यालय, जगतिपुरमा अध्ययनरत दर्जनौँ विद्यार्थीमा दादुराको संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो। भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले सूचना जारी गर्दै वडा नं। ११ भित्रका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द गरिएको जानकारी दिएका छन्।

प्रकोप प्रभावित कट्टीगाउँबाट पठाइएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा चार जनामा दादुरा पुष्टि भएको छ। दादुराको संक्रमण फैलिएसँगै उक्त क्षेत्रका सबै बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न नभएसम्म विद्यालय बन्द राख्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

विद्यालय बन्दका कारण हुने पठनपाठनको क्षतिपूर्ति स्वरूप उक्त बिदा स्थानीय बिदाबाट कट्टा गरिनेछ। यो निर्णय विद्यालय व्यवस्थापन समितिको सिफारिसमा नगरपालिकालाई जानकारी गराइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार