NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेसमा बढ्दो गर्मीले जनजीवन कष्टकर, ‘लु’ को महामारीको जोखिम

मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियस नाघेपछि 'लु' को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ। अत्यधिक गर्मीले दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनाएको छ। यस वर्ष समयमा मनसुनी वर्षाको सम्भावना कम देखिएको छ।
Kamala Devi
Kamala Devi
3 June 2026, 12:47 pm १ मिनेट पढाइ
आकार:
मधेस गर्मी जनजीवन
Share:

मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियस नाघेपछि ‘लु’ को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ।

‘लु’ ले अत्यधिक थकान, कमजोरी, तिर्खा, बेहोस हुने र बान्ता गराउँछ। प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुर ‘लु’ बाट बच्न घरभित्र वा चिसो ठाउँमा बस्न, घाममा नहिँड्न, हलुका कपडा लगाउन, टाउको छोप्न र प्रशस्त पानी तथा झोल पदार्थ पिउन सुझाव दिन्छन्।

अत्यधिक गर्मीले दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनाएको छ। सहरी क्षेत्रमा दिउँसो मानिसको चहलपहल निकै कम देखिन्छ। सर्वसाधारणलाई दिउँसो बाहिर निस्किएर काम गर्न मुस्किल परेको छ।

जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झा यस वर्ष समयमा मनसुनी वर्षाको सम्भावना कम देख्छन्। जेठ सकिन लाग्दा पनि उखरमाउलो गर्मी कायमै छ।

गर्मीमा पानीको कमीले एलर्जीजस्ता समस्या निम्त्याउँछ। शरीरमा पानीको कमीले विषाक्त पदार्थ बाहिर निस्कन सक्दैन, डा. ठाकुरले बताए। तिर्खा नलागे पनि दिनको आठ गिलास पानी पिउन डा. ठाकुर सुझाव दिन्छन्। बियर, कफी, सोडाजस्ता पेयपदार्थ पानीको सट्टा हानिकारक हुने उनको चेतावनी छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार