मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

तेह्रथुममा अनुमति बिना यार्सागुम्बा संकलन गर्ने चार पक्राउ

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाबाट अनुमति बिना यार्सागुम्बा संकलन गर्ने चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको छ। अनधिकृत यार्सागुम्बा संकलनमा प्रतिकिलो ३१ हजार जरिवाना र प्रतिवटा ३१ रुपैयाँ लाग्ने व्यवस्था छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०४

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिप्ने चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको छ।

पक्राउ पर्नेमा सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ छन्। यो जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले दिए।

म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा मङ्गलबार २०–२५ जना यार्सागुम्बा सङ्कलन गरिरहेको सूचना प्रहरीले पायो। प्रहरी टोलीले मोटरसाइकल राखिएको स्थानबाट यार्सागुम्बासहित उनीहरुलाई पक्राउ गर्‍यो।

पक्राउ परेका चारै जनालाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब निरीक्षक ठाकुरले बताए। वन अधिकृत बद्रीप्रसाद शाहले राजस्व तिरेपछि मात्र यार्सा सङ्कलन गर्न पाइने स्पष्ट पारे।

अनधिकृत यार्सागुम्बा सङ्कलनमा प्रतिकिलो रु ३१ हजार जरिवाना लाग्छ। प्रतिवटा यार्साका लागि रु ३१ थप जरिवाना हुनेछ। डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाले निर्यात हुने यार्साबाट वार्षिक करिब रु तीन लाख राजस्व आउने बताए। काठजन्य वन पैदावारबाट रु चारदेखि पाँच करोडसम्म राजस्व सङ्कलन हुन्छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार