NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको आदेश, विश्व तेल आपूर्तिमा संकट

इरान र अमेरिकाबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्वमा अमेरिकी सैन्य बेसमा जवाफी आक्रमण सुरु गरेको छ। इरानी सेनाले विश्वकै व्यस्त जलमार्ग स्ट्रेट अफ हर्मुज बन्द गर्ने आदेश दिएको छ।
Bikram Magar
Bikram Magar
11 June 2026, 10:18 am १ मिनेट पढाइ
आकार:
स्ट्रेट अफ हर्मोज बन्द
Share:

इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गरी जवाफी आक्रमण सुरु गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

इरानले कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ। यसअघि, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानभित्रका विभिन्न ठेगानाहरूमा ‘आत्मरक्षाका लागि’ भन्दै शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य कारबाही गर्ने चेतावनी दिँदै भनेका थिए, “आफ्नो हितमा हुने सम्झौताका लागि इरानले धेरै समय गुमायो, अब उसले यसको मूल्य चुकाउनुपर्नेछ।”

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी लडाकु विमानले इरानको रणनीतिक बन्दरगाह सहर बन्दर अब्बास, केशम टापु, दक्षिणी सहर सिरिक र मिनाब तथा राजधानी तेहरानको पश्चिमतर्फ रहेको कारज सहरका विभिन्न स्थानमा बमबारी गरेका छन्।

तनाव तीव्र बनेसँगै इरानको मेहर समाचार एजेन्सीले जनाए अनुसार इरानी सेनाले विश्वकै व्यस्त व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मोज’ लाई पूर्ण रूपमा बन्द गर्न आदेश दिएको छ। अब यो मार्ग भएर कुनै पनि तेल ट्याङ्कर तथा व्यावसायिक जहाज आवतजावत गर्न पाउने छैनन्। इरानको यो कदमले विश्वव्यापी इन्धन आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान गरिएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार