मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

कर हेरफेर र भन्सार अनियमितता: उच्चस्तरीय छानबिनको माग

सार्वजनिक लेखा समितिमा सांसदहरूले आर्थिक विधेयकको करका दर हेरफेर र भन्सारमा भइरहेको अनियमितताबारे प्रश्न उठाएका छन्। उनीहरूले यस विषयमा उच्चस्तरीय छानबिनको माग गर्दै संसदीय उपसमिति गठन गर्नुपर्ने बताएका छन्। सांसद खुस्बु ओलीले ७-८ सिट भएका गाडीलाई ११ सिट कायम गरी ३० प्रतिशतको सट्टा १० प्रतिशत मात्र भन्सार तिरेर राज्य ठगी भएको दाबी गरिन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
कर हेरफेर छानबिन
Share:
२२४

आर्थिक विधेयकको बजेटमा करका दर हेरफेर र भन्सारमा भएको अनियमितताबारे सांसदहरूले प्रश्न उठाएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले यस विषयमा उच्चस्तरीय छानबिनको माग गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओली, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र नेकपाका सांसद महेन्द्र शाहीले संसदीय उपसमिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका छन्।

सांसद ओलीले करको दर हेरफेर भएको र सूचना चुहावट भएको विषयमा जवाफ माग गरिन्। उनले आयातित सवारीहरूमा २० प्रतिशत राजस्व हिनामिना भएको बताइन्।

विज्ञापन

उनले ७-८ सिट भएका गाडीलाई ११ सिट कायम गरी ३० प्रतिशत लाग्ने भन्सारको सट्टा १० प्रतिशत मात्र तिरेर राज्यलाई ठगी भएको दाबी गरिन्।

सांसद राईले उच्चस्तरीय छानबिन समितिको माग गरे। राज्यलाई इमानदारीपूर्वक कर तिर्दा पनि बिचौलिया र कर्मचारीलाई घुस खुवाउनुपर्ने अवस्था रहेको उनको टिप्पणी थियो।

राईले राजस्व चुहावट रोक्न र सुशासन कायम गर्न सांसद ओलीले राखेको छानबिन उपसमिति गठनको प्रस्तावलाई समर्थन गरे।

सांसद शाहीले पनि छुट्टै छानविन उपसमिति गठन गर्न माग गरे। विगतमा पनि यस्ता विषय उठ्ने गरेकोले समिति बनाएर छानबिन गरिएको उनले बताए।

एमालेका सांसद यज्ञ बहादुर बोगटीले पनि सार्वजनिक लेखा समितिले छुट्टै उपसमिति बनाएर छानबिन गर्नुपर्ने बताए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार