NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वैदेशिक रोजगारी ठगी प्रकरण: अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ठगी गर्ने दुई पक्राउ

अमेरिका र क्रोएसिया पठाइदिने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाकी रुकुकुमारी श्रेष्ठ र मोरङका शैलेन्द्र शाक्य छन्। पीडितहरूको उजुरीपछि प्रहरीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाएको छ।
Arjun Basnet
Arjun Basnet
12 June 2026, 6:17 am १ मिनेट पढाइ
आकार:
वैदेशिक रोजगारी ठगी
Share:

अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। प्रहरीले बिहीबार उनीहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ र मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य छन्। प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार श्रेष्ठले अमेरिका पठाउने भन्दै ३५ लाख रुपैयाँ लिएकी थिइन्।

शाक्यले क्रोएसिया पठाउने प्रलोभनमा पारी तीन लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। उनीहरूले विदेश पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

थापा क्षेत्रीले पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार