मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रास्वपा वडा समितिले निर्माण व्यवसायीसँग तोकेरै माग्यो ३० हजार चन्दा

कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा समितिले निर्माण व्यवसायीसँग रकम तोकेर चन्दा मागेको छ। पार्टीको लेटरप्याडमा असारमा हुने प्रदेश र केन्द्रीय महाधिवेशनका लागि ३० हजार रुपैयाँ माग गरिएको पत्र सार्वजनिक भएको छ। यस घटनाले पार्टीको आर्थिक पारदर्शितामाथि प्रश्न उठाएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
रास्वपा चन्दा प्रकरण
Share:
२१८

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कृष्णपुर नगरपालिका– १ वडा समितिले निर्माण व्यवसायी कम्पनी अञ्जल कन्स्ट्रक्सनलाई पार्टीको आधिकारिक लेटरप्याडमा ३० हजार रुपैयाँ चन्दा माग गरेको छ। वडा सभापति सुरेन्द्र बोहराले २०८३ जेठ २७ गते हस्ताक्षर गरेको पत्रमा असार १ गतेदेखि हुने सुदूरपश्चिम प्रदेश अधिवेशन र असार ७ देखि ९ गतेसम्म हुने पार्टीको महाधिवेशनका लागि उक्त रकम माग गरिएको छ। पत्रमा पार्टीको लेटरप्याड प्रयोग गरिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार