NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राहदानी विभागका महानिर्देशक प्रधानमन्त्री कार्यालयबाटै पक्राउ

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको फन्दामा परेका छन्। उनलाई सोमबार साँझ प्रधानमन्त्री कार्यालय बालुवाटारबाटै पक्राउ गरिएको हो। पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा व्यवसायी सिद्धार्थ थापा पनि नियन्त्रणमा छन्।
Arjun Basnet
Arjun Basnet
16 June 2026, 11:47 am १ मिनेट पढाइ
आकार:
राहदानी महानिर्देशक पक्राउ
Share:

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कार्यालय बालुवाटारबाटै पक्राउ गरेको छ। अर्याललाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो।

नयाँ राहदानी छपाइमा भइरहेको ढिलासुस्तीबारे छलफल गर्न प्रधानमन्त्री कार्यालयले अर्याललाई बोलाएको थियो। सोही क्रममा अख्तियारले उनलाई पक्राउ गरेको हो।

यसअघि राहदानी छपाइ प्रकरणमा अख्तियारले तत्कालीन अख्तियार प्रमुख प्रेमकुमार राईसँग पनि छलफल गरेको थियो।

पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा व्यवसायी सिद्धार्थ थापा पनि प्रहरी नियन्त्रणमा छन्। थापा राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्।

राहदानी छपाइका लागि टेण्डर पाएको पुरानो कम्पनीको सम्झौता अवधि सकिएको छ। हाल दुई जर्मन कम्पनी मुलबाउर र भेरिडोसले राहदानी छपाइको टेण्डर पाएका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार