NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पोखरा विमानस्थल भ्रष्टाचार: पूर्व महानिर्देशक गौतम कारागार चलान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको परामर्श सेवा खरिदमा भ्रष्टाचार अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक सञ्जिव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। अख्तियारले ४६ करोडभन्दा बढीको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।
Arjun Basnet
Arjun Basnet
16 June 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
पोखरा विमानस्थल भ्रष्टाचार
Share:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक सञ्जिव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सदस्य रहेको विशेष अदालतको इजलासले मंगलबार यो आदेश जारी गर्‍यो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत ८ गते गौतमसहित २१ व्यक्ति र २ कम्पनीविरुद्ध ४६ करोड १५ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। गौतमसँग ६ करोड रुपैयाँ बिगो मागिएको थियो।

प्रहरी हिरासतमा रहेका गौतमलाई विशेष अदालतले थुनामा पठाएको हो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार