चिकित्सा शिक्षा आयोगको बैठकमा प्राध्यापक डा. कृष्ण गिरी उपाध्यक्ष पदमा नियुक्त नभई सहभागी भएको खुलासा भएपछि नेकपा (एमाले) ले आपत्ति जनाएको छ।
एमालेका सांसद गुरु बरालले डा. गिरीलाई पदमा नियुक्त नै नगरिकनै बैठकमा सहभागी गराइएको भन्दै प्रश्न उठाए।
सांसद बरालले यस कार्यलाई प्रक्रियागत त्रुटि र पदको दुरुपयोग भनेका छन्। आधिकारिक नियुक्तिबिना सार्वजनिक निकायको बैठकमा पदको हैसियतमा सहभागी गराउनु गलत भएकोमा उनले जोड दिए।
