NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बागमती प्रदेश सरकारको पत्रकार लक्षित सामाजिक सुरक्षा कोष र बिमा योजना

बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा समेट्ने भएको छ। यसका लागि आगामी आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ। प्रदेशभर २,५०० भन्दा बढी पत्रकार यो योजनाबाट लाभान्वित हुने अपेक्षा छ।
Sarita Pandey
Sarita Pandey
18 June 2026, 10:18 am १ मिनेट पढाइ
आकार:
पत्रकार सामाजिक सुरक्षा कोष
Share:

बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बिमामा आवद्ध गर्ने भएको छ। यसका लागि आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरका अनुसार, १३ जिल्ला समेटिएको प्रदेशमा २,५०० भन्दा बढी पत्रकार क्रियाशील छन्। यी पत्रकारहरूलाई यस योजनाबाट लाभ पुग्ने अपेक्षा छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार