राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा विचाराधीन सहकारी ठगी मुद्दामा तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन्।
उनलाई काठमाडौं जिल्ला अदालतबाटै तारिख बुझ्ने सुविधा दिइएको थियो।
लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अभियोगपत्र रुपन्देही अदालतमा विचाराधीन छ।
