टेरामक्स खरिद प्रकरणमा तत्कालीन प्राधिकरण अध्यक्ष झासहित तीन दोषी ठहर
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई टेरामक्स खरिद प्रकरणमा दोषी ठहर गरेको छ। न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर्याएको हो।
अदालतले दोषी ठहर भएका झासहित तीनै जनालाई ६ महिना कैद र जनही रु ५० हजार जरिवाना तोकेको छ। उनीहरूमाथि टेरामक्स खरिद प्रक्रियामा अनियमितता गरेको आरोप थियो।
यस्तै, कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित अन्य केही व्यक्तिले भने यस प्रकरणमा अदालतबाट सफाइ पाएका छन्। अदालतले अन्य केही कर्मचारी र पदाधिकारीलाई पनि सफाइ दिएको छ।
