सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले कर्जन्हा नगरपालिका ४ बाट उनलाई नियन्त्रणमा लिएको हो।
कर्जन्हा नगरपालिका–२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको काठको लागि उद्योगीसँग चारचार हजारका दरले तीन ट्रक काठको घुस लिएको अख्तियारले जनाएको छ।
घुस मागेपछि सेवाग्राही अख्तियारमा पुगेका थिए। सोही सूचनाका आधारमा स्ट्रिङ अप्रेसन गरी यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।
