NM Khabar 8 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

घुससहित सिरहाका वन कार्यालय प्रमुख पक्राउ

सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सेवाग्राहीबाट घुस लिँदै गर्दा उनलाई नियन्त्रणमा लिएको हो। उनले तीन ट्रक काठ सहजीकरणका लागि घुस मागेको आरोप छ।
Arjun Basnet
Arjun Basnet
8 July 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
वन कर्मचारी घुस
Share:

सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार उनलाई कर्जन्हा नगरपालिका–४ बाट नियन्त्रणमा लियो। सेवाग्राहीबाट घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन्।

यादवले कर्जन्हा नगरपालिका–२ मा रहेको सःमिलबाट ल्याइएका तीन ट्रक काठ सहजीकरण गर्ने आश्वासन दिएका थिए। उनले प्रति ट्रक चार हजारका दरले कुल १२ हजार रुपैयाँ घुस मागे।

सेवाग्राहीले घुस मागिएको विषयमा अख्तियारमा उजुरी दिएपछि आयोगले ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गर्‍यो। त्यसपछि यादवलाई पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। घटनास्थलमा आवश्यक मुचुल्का तयार गर्ने कार्य जारी छ।

यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख बेचन चौधरीले घटनाबारे भर्खरै जानकारी पाएको बताए। उनले थप विवरण बुझ्ने प्रयास भइरहेको जानकारी दिए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार