NM Khabar 9 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली नागरिकता बनाउने गिरोहका दुई सदस्य मोरङबाट पक्राउ

• मोरङको विराटनगरबाट प्रहरीले नक्कली नागरिकता बनाउने दुई जनालाई पक्राउ गरेको छ। • पक्राउ परेकाबाट १२ थान नक्कली नागरिकता, २ थान लाइसेन्स लगायतका कागजात बरामद भएको छ। • यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Kamala Devi
Kamala Devi
9 July 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
नक्कली नागरिकता मोरङ
Share:

विराटनगरको महेन्द्र चोकस्थित ‘न्यू डोली फोटो सर्भिसेज’बाट प्रहरीले नक्कली नागरिकता बनाउने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ। उनीहरूले राष्ट्रिय परिचय पत्र बनाउन पेश गरिएको नागरिकता शंकास्पद देखिएपछि यो गिरोहको खुलासा भएको हो।

पक्राउ पर्नेमा विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशी र विराटनगर–११ का ६१ वर्षीय अशोक कुमार श्रेष्ठ छन्। उनीहरूले सप्तरी स्थायी घर भई हाल विराटनगर–१४ बस्ने ३० वर्षीया मनिषा कुमारी कामतलाई नक्कली नागरिकता बनाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कामले राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पेश गरेको नागरिकता शंकास्पद लागेपछि जाँच गर्दा नक्कली भएको पत्ता लागेको थियो।

प्रहरीले राजवंशीले सञ्चालन गरेको फोटो सर्भिसेजमा छापा मार्दा नक्कली कागजात बनाउन प्रयोग हुने उपकरण र विभिन्न सरकारी कागजात बरामद गरेको छ। बरामद सामग्रीमा १२ थान नक्कली नागरिकता, २ थान सवारी चालक अनुमति पत्र, १० थान खाली जन्मदर्ता, १ थान विवाह दर्ता, १ थान मृत्यु दर्ता, एक सीपीयू, एक छाप, दुई मोबाइल र नगद ३ हजार ५४० रुपैयाँ छन्।

मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी सन्तोष श्रेष्ठका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार