भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग गृहमन्त्री सुधन गुरुङले समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्। उनले सुकुम्वासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको जानकारी दिए।
“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले भने, “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्यो ।” उनले सुकुम्वासी/भूमिहीन समस्या समाधानको प्रयासमा राजनीति नगर्न आग्रह गरे।
