मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

देश द्वन्द्वमा जान सक्ने खतरा छ: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तीन महिनाभित्र तीन लाख सदस्यता वितरणको लक्ष्य राखेका छन्। उनले देश पुनः द्वन्द्वतर्फ जान सक्ने आशंका व्यक्त गर्दै सरकार र दलहरूलाई गम्भीर हुन आग्रह गरेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
उज्यालो नेपाल पार्टी सदस्यता
Share:
१६५

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियान तीव्र पार्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै घिसिङले डिजिटल सदस्यतासँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए। ‘तीन महिनामा तीन लाख सदस्यता वितरणले पार्टीलाई जनतासम्म पुग्न सहयोग गर्नेछ,’ उनले भने।

घिसिङले वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गरे। देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने आशंका उनले व्यक्त गरे। सरकार र सबै राजनीतिक दलले गम्भीरता अपनाएर देशलाई द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार