NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वित्तीय शोषणविरुद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’

लघुवित्त र बैंकहरूको वित्तीय शोषण तथा अन्यायपूर्ण ऋण असुलीविरुद्ध किसान मजदुरले साउन १० गते काठमाडौंमा 'राजधानी मार्च' गर्ने भएका छन्। प्रदर्शन बल्खुबाट सिंहदरबारसम्म हुनेछ। मागहरुमा ऋण मिनाहा, न्यायिक आयोग गठन, कालोसूचीबाट नाम हटाउने र जनमुखी मौद्रिक नीति लागू गर्नुपर्ने छन्।
Sunita Rai
Sunita Rai
25 July 2026, 4:04 pm १ मिनेट पढाइ
आकार:
वित्तीय शोषण मार्च
Share:

लघुवित्त र बैंकहरूले गरिरहेको वित्तीय शोषण तथा अन्यायपूर्ण ऋण असुलीविरुद्ध किसान मजदुरहरूले साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ गर्ने भएका छन्। ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’ले दिउँसो १२ बजे बल्खुदेखि सिंहदरबारसम्म प्रदर्शन आयोजना गरेको हो।

आन्दोलनकारीले ऋणीहरूमाथि चर्को ब्याज असुली, हर्जना, विविध शुल्क, जग्गा धितो लिलामी र कालोसूचीमा राख्ने कदमविरुद्ध सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूको माग छ, लघुवित्त तथा वित्तीय शोषणबाट पीडित नागरिकको वास्तविक अवस्थाबारे राज्यले आधिकारिक अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरोस्।

चर्को ब्याज र शोषणले उठ्नै नसक्ने अवस्थामा पुगेका ऋणीहरूको अन्यायपूर्ण ऋण मिनाहा गरिनुपर्ने माग छ। पीडितमाथिका शोषण र अन्यायको निष्पक्ष छानबिनका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्नेछ। कालोसूचीमा राखिएका पीडित ऋणीहरूको नाम तत्काल हटाउनुपर्छ। धितो लिलामी प्रक्रिया पूर्ण रूपमा रोकिनुपर्छ।

आन्दोलनकारीले जनमुखी मौद्रिक नीति लागू गर्न माग गरेका छन्। आर्थिक सङ्कटमा परेका किसान, मजदुर, महिला, उद्यमी तथा व्यवसायीको संरक्षणका लागि ब्याजदर घटाउने, ब्याज समायोजन गर्ने र पुनः व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार