NM Khabar 4 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी घटना: रविन्द्र मेहताका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्रीको माग

सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका रवीन्द्र मेहताका आफन्तले गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भएर माग पूरा नगरेसम्म शव बुझ्न मानेका छैनन्। घटनामा संलग्नलाई कारबाही, छानबिन प्रतिवेदन सार्वजनिक र क्षतिपूर्तिको माग गर्दै अस्पतालमा धर्ना जारी छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
4 August 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
सुनसरी घटना शव बुझ्न
Share:

सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। आफन्तले गृहमन्त्री सुधन गुरुङ अस्पताल आएर माग पूरा नगरेसम्म शव बुझ्न मानेका छैनन्।

मेहताका आफन्तले अस्पताल परिसरमा गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूको आरोप छ, घटनामा संलग्न कसैलाई पक्राउ गरिएको छैन। छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छैन। गोली चलाउने कसैलाई पनि निलम्बन गरिएको छैन। उनीहरूले कारबाही र क्षतिपूर्तिको माग राखेका छन्।

यसैबीच, कप्तानगञ्जमा स्थानीयवासीले रुख ढालेर सडक अवरुद्ध पारेका छन्। सो क्षेत्रमा प्रहरी र सेना परिचालन गरिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार