मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सिरहामा प्रहरी गोलीकाण्ड: मधेश सरकारले गणेशको परिवारलाई घर बनाइदिने

सिरहाको गोलबजारमा प्रहरी गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले घर बनाइदिने भएको छ। 'विपन्नसँग मदन भण्डारी आवास योजना' अन्तर्गत दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिनेछ। यसका लागि ५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
गणेश यादव परिवार घर
Share:
१५५

सिरहाको गोलबजारमा प्रहरी गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले घर बनाइदिने भएको छ ।

मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारका लागि दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिनेछ ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार यससम्बन्धी सहमति भएको छ ।

मृतकका बुवा रामबृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय अगुवाहरूको उपस्थितिमा लिखित सहमति भएको हो ।

घटनालगत्तै परिवारलाई भेटेपछि मन्त्री सिंहले सरकारको उपस्थिति देखाउन घर बनाउने प्रस्ताव प्रदेश सरकारको बैठकमा राखेका थिए ।

परिवारले जग्गा उपलब्ध गराए निर्माण कार्य प्रारम्भ हुने मन्त्री सिंहले बताए ।

प्रदेश सरकारले यसका लागि ५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवका अनुसार रंगरोगनसहित दुई कोठे भवन, किचेन र शौचालय निर्माण गरिनेछ ।

चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै निर्माण कार्य सक्ने लक्ष्य छ ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार