मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहटको नहरमा ६ वर्षीय बालक मृत फेला, कारण अज्ञात

रौतहटको यमुनामाई गाउँपालिकामा ६ वर्षीय बालक खुसी आलम नहरमा डुबेर मृत फेला परेका छन्। बिहीबार दिउँसो साथीहरूसँग खेल्न गएका बालक शुक्रबार बिहान नहरमा भेटिएका हुन्। प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
रौतहट नहर दुर्घटना
Share:
१४७

रौतहटको यमुनामाई गाउँपालिका–५ मा खेल्न गएका ६ वर्षीय बालक खुसी आलम नहरमा मृत फेला परेका छन्। बिहीबार अपराह्नदेखि हराइरहेका बालक शुक्रबार बिहान नहरमा भेटिएका हुन्।

स्थानीय सरमुला मियाका छोरा खुसी आलम बिहीबार दिउँसो करिब ३:३० बजे ४-५ जना साथीहरूसँग घरबाट करिब एक किलोमिटर पश्चिममा रहेको सडकछेउको कल्भर्ट क्षेत्रमा खेल्न गएका थिए। अन्य बालबालिका घर फर्किए पनि खुसी नफर्केपछि परिवार र स्थानीयले रातभर खोजी गरेका थिए।

शुक्रबार बिहान बालकका बुबाले अस्थायी प्रहरी पोस्ट बमनहरमा मौखिक जानकारी गराएपछि असई सञ्जीप सिंहको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलास गर्ने क्रममा बिहान ९:५५ बजे यमुनामाई–५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बगेको नहरमा बालक घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार घटनास्थलभित्र इन्स्पेक्टर जीवनकुमार मैनालीको कमान्डमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार