NM Khabar 7 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खोटाङमा १३ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा

खोटाङको वालिङमा प्रहरीले १३ सय १५ किलो गाँजा बरामद गरेको छ। प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट फल्स बटम बनाएर लुकाइराखेको अवस्थामा गाँजा फेला परेको हो। प्रहरीले ट्रक नियन्त्रणमा लिएर चालक र धनीको खोजी कार्य जारी राखेको छ।
Sanjay Karki
Sanjay Karki
7 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
खोटाङ गाँजा ट्रक
Share:

खोटाङको वालिङमा प्रहरीले १३ सय १५ किलो गाँजासहित प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। मध्यपहाडी लोक मार्गको जङ्गलमा शङ्कास्पद अवस्थामा रोकिराखेको ट्रकबाट गाँजा बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक नीराजन बस्नेतको टोलीले बिहीबार मध्यराति ट्रक जाँच गरेको थियो। चालक बस्ने भाग र डालाको बीचमा फल्स बटम बनाएर गाँजा लुकाइएको थियो।

प्रहरीले गाँजा र ट्रक नियन्त्रणमा लिएको छ। ट्रकका चालक र धनीको खोजी जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार