NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कास्की-पर्वतका दुई पुल बाढीले बगायो, अन्नपूर्ण मन्दिरमा ३ फसे

मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। अन्नपूर्ण माता मन्दिरमा एक पुजारी र दुई भक्तजन फसेका छन्। उद्धार कार्य जारी छ।
Sanjay Karki
Sanjay Karki
14 August 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
कास्की पर्वत बाढी
Share:

मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकका पुल बाढीले बगाएको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भागसमेत बगाएको छ। मन्दिरमा एक सन्तपुजारी र दुई भक्तजन गरी तीन जना फसेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले पनि मन्दिरमा ३ जना अलपत्र परेको र उद्धार प्रयास भइरहेको पुष्टि गरेका छन्।

यता त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। कालिखोला चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह नाघेको छ। बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्रिशूली नदी बेत्रावती नुवाकोट जलमापन केन्द्रहरूमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। महाशाखाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार