मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

काठमाडौंमा पाँच स्थानबाट ग्यास बिक्री, नागरिकता अनिवार्य

खाना पकाउने एलपी ग्यासको अभावमा रहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष ग्यास वितरणको व्यवस्था मिलाएको छ। ग्यास खरिद गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
ग्यास वितरण काठमाडौं
Share:
१५८

काठमाडौं । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास बिक्री गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं र निगमको समन्वयमा तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराइनेछ ।

उपभोक्ताले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिक्री केन्द्रमा ग्यास खरिद गर्न सक्नेछन् । ग्यास किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण हुनेछ । यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास उपलब्ध हुनेछ ।

राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास पाइनेछ । राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास बिक्री हुनेछ ।

पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ ।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र उद्योगहरूले विक्रेतामार्फत नियमित बिक्री गरिरहेको स्पष्ट पारेको छ । यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका उपभोक्ताका लागि मात्र हो । निगमले अनावश्यक लाइन नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार