झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमणले १० जनाको ज्यान लिएको छ। मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा कुल सङ्क्रमित १० पुगेका हुन्।
स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको छ। दुई जना उपचाररत छन् भने तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सङ्क्रमितमध्ये एक जना सात महिनाको बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।
लामखुट्टेको टोकाइबाट सर्ने जेईबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिई सावधानी अपनाउन श्रेष्ठले सर्वसाधारणलाई आग्रह गरे।
