मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुकुम्बासी मोर्चाको दाबी: १२ दिनमा १२ को मृत्यु, राज्य-प्रायोजित हत्या

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सरकारी अभियानका कारण १२० दिनमा १२ जनाको मृत्यु भएको दाबी गरेको छ। मोर्चाले यी मृत्युलाई राज्यको दमन र अकर्मण्यताको परिणाम भनेको छ। गत हप्ता दुई भूमिहीन दलितले आत्महत्या गरेको मोर्चाको जिकिर छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सुकुम्बासी मृत्यु
Share:
१५२

सरकारले चलाएको सुकुम्बासी बस्ती उठीबास अभियानका कारण पछिल्लो १२० दिनमा १२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले दाबी गरेको छ। गत वैशाख १२ गते थापाथलीबाट सुरु भएको अभियानपछि काठमाडौंमा १० र बाहिरी जिल्लामा २ जनाले ज्यान गुमाएको मोर्चाको भनाइ छ।

आइतबार विज्ञप्ति जारी गर्दै मोर्चाले ती घटना दुर्घटना नभई राज्यको दमन र अकर्मण्यताको परिणाम भएको आरोप लगाएको छ। ‘यी राज्यले गरेका हत्या, दुरुत्साहन गरेका आत्महत्या वा राज्य-दमनले निम्त्याएका घटना हुन्,’ विज्ञप्तिमा भनिएको छ।

गत हप्ता मात्रै दुई जना भूमिहीन दलित नागरिक राज्यको ज्यादतीका कारण आत्महत्या गर्न बाध्य भएको मोर्चाको जिकिर छ। पछिल्लो समय आत्महत्यासम्बन्धी विषय मिडियामा नआउँदा राज्यको अत्याचार र भूमिहीन नागरिकका संघर्षका आवाज थप दबिएको मोर्चाले उल्लेख गरेको छ।

सुकुम्बासी र अव्यवस्थित बस्तीमाथि भइरहेका दमन र नागरिकको बाध्यकारी मृत्युवरणबारे मिडिया सम्पादक तथा पत्रकारहरूसँग सोमबार अन्तरक्रिया गरिने मोर्चाले जनाएको छ। कार्यक्रम भदौ ८ गते दिउँसो ३:३० बजे काठमाडौंस्थित मार्टिन चौतारीमा तय गरिएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार