NM Khabar 29 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपालको हिमनदी भत्किँदा चीनमा पहिरो: ७ को मृत्यु, ५५४ बेपत्ता

नेपालको उच्च हिमाली क्षेत्रको हिमनदी भत्किँदा चीनको सिजाङ स्वायत्त क्षेत्रमा ठूलो पहिरो गएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले दुई देशका विज्ञहरूको प्रारम्भिक मूल्यांकनले यस्तै निष्कर्ष निकालेको बताएका हुन्। पहिरोमा परी चीनमा सात जनाको मृत्यु भएको र ५५४ जना बेपत्ता भएको बताइएको छ।
Bikram Magar
Bikram Magar
29 August 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
नेपाल चीन हिमनदी पहिरो
Share:

नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किँदा चीनको सिजाङ स्वायत्त क्षेत्रको गेइरोङ काउन्टीमा ठूलो पहिरो गएको प्रारम्भिक निष्कर्ष चिनियाँ विदेश मन्त्रालयले निकालेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार विज्ञप्ति जारी गर्दै चीन र नेपालका विज्ञ तथा सम्बन्धित निकायले गरेको प्रारम्भिक मूल्यांकनले सोही निष्कर्षमा पुगेको बताएका हुन्।

प्रवक्ता लिनले पहिरोको कारणबारे थप विवरण पुष्टि भइरहेको, घटनामा फसेका पर्यटकको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको उल्लेख गरे। उनले सम्बन्धित देशका चीनस्थित दूतावासलाई जानकारी गराइएको र निरन्तर सम्पर्कमा रहने बताए।

विज्ञहरूका अनुसार हिमनदीबाट हिउँ र बरफ खस्दा बाटोमा रहेका हिमनदीका अवशेष, माटो र चट्टानसमेत बगाएर तीव्र गतिमा तल झरेको थियो। उक्त बहाव गेइरोङ बन्दरगाहसम्म पुगेको थियो।

बुधबार बिहान नेपाल-चीन सीमाको नेपाली भूभागबाट आएको पहिरोले चीनको गेइरोङ काउन्टीस्थित गेइरोङ बन्दरगाहसम्म असर पुर्याएको थियो। पहिरोका कारण ठूलो मानवीय क्षति भएको र मानिसहरू बेपत्ता भएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

चीनले घटनास्थलमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी, उद्धारकर्मी र प्राविधिक टोली परिचालन गरेको छ। प्रभावित क्षेत्रका बासिन्दा र अलपत्र परेका पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ। चिनियाँ अधिकारीका अनुसार हालसम्म सात जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता छन्।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार