NM Khabar 30 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कृष्णभीर पहिरो: काठमाडौंमा ग्यास आपूर्तिमा वैकल्पिक योजना

कृष्णभीरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा ग्यास आपूर्तिमा समस्या आएको छ। नेपाल आयल निगम र ग्यास उद्योग संघले चितवन, मकवानपुर, नवलपरासी र पर्साका उद्योगमा ग्यास रिफिल गरी वितरण गर्ने निर्णय गरेका छन्।
Sunita Rai
Sunita Rai
30 August 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
काठमाडौं ग्यास आपूर्ति
Share:

पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास) आपूर्तिका लागि नेपाल आयल निगमले वैकल्पिक उपाय अपनाएको छ।

आइतबार निगम र नेपाल एलपी ग्यास उद्योग संघबीचको बैठकले काठमाडौं उपत्यका र आसपासका जिल्लामा ग्यास वितरणका लागि नयाँ योजना बनाएको हो।

संघका पूर्व अध्यक्ष एवं एसजी समूहका अध्यक्ष शिवप्रसाद घिमिरेले काठमाडौंमा ग्यासका बुलेट ल्याउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरिएको बताए।

अब चितवन, मकवानपुर, नवलपरासी र पर्सामा रहेका ग्यास उद्योगहरूमा ग्यास रिफिल गरिनेछ। त्यसपछि त्यहाँ रिफिल गरिएका ग्यास काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वितरण गरिनेछ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार