चिलिमेमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आजदेखि अस्थायी सडक सञ्चालनमा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले सो जानकारी दिएका छन्।
हिजोसम्म उद्धारका लागि हेलिकप्टर प्रयोग हुँदै आएकोमा अब स्थलमार्गबाट पनि उद्धार सामग्री पुर्याउन सहज हुनेछ। सांसद न्यौपानेका अनुसार आजदेखि उद्धार कार्यमा नाइट सिफ्ट समेत सुरु गरिनेछ, जसले गर्दा उद्धार कार्य चौबीसै घण्टा निरन्तर सञ्चालन हुनेछ।
अस्थायी सडक सञ्चालनमा आएपछि हेलिकप्टरमाथिको निर्भरता घट्नेछ। यसले आवश्यक जनशक्ति, उपकरण र सामग्री उद्धारस्थलसम्म पुर्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
