NM Khabar 18 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जथाभावी फोहोर फाल्नेलाई १० लाख जरिवाना र कैदको कानुन आउँदै

जथाभावी फोहोर फाल्नेलाई जरिवाना र कैद सजाय हुने गरी नयाँ कानुन आउँदैछ। विधेयक अनुसार फोहोर फाल्ने, जलाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद हुन सक्नेछ। फोहोर संकलन तथा विसर्जनमा हड्ताल वा अवरोध गरेमा सरकारी मुद्दा चलाइने व्यवस्था छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
18 September 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
फोहोर व्यवस्थापन कानुन
Share:

जथाभावी फोहोर फाल्नेलाई १५ दिनदेखि ३ महिनासम्म कैद वा १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुन बन्दैछ। सरकारले ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मार्फत यस्तो प्रस्ताव गरेको हो।

संघीय संसद्मा पेस भएको उक्त विधेयकले फोहोर जलाउने, छुट्याएको फोहोर मिसाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउनेछ। कसुरको प्रकृति हेरी १ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरिनेछ।

गम्भीर प्रकृतिका कसुरमा १५ दिनदेखि ३ महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ। सार्वजनिक स्थानका डस्टबिन तोडफोड गर्ने वा व्यवस्थापनका शर्त उल्लंघन गर्नेलाई पनि जरिवाना लाग्नेछ।

फोहोर संकलन तथा विसर्जनमा हड्ताल वा अवरोध गरेमा सरकारी मुद्दा चलाइने व्यवस्था विधेयकमा छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार